काठमाडौं । एनपीएल सिजन २ अन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोर्खाजलाई २९ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं १६.४ ओभरमा ११८ रन बनाएर अल आउट भयो। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा अलआउट हुँदा १४७ रनको योगफल बनाएको थियो। २० बल सामना गरेका हर्मित सिंहले सर्वाधिक ५३ रन जोडे। दुई चौका र ६ छक्का मद्दतमा उनले अर्धशतक बनाएका हुन्। यसैगरी, कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ तथा आरिफ शेखले २५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। काठमाडौंका कप्तान करण केसी एक्लैले चार विकेट लिँदा मिलिन्द कुमार, सन्नी पटेल र रासिद खानले समान २–२ विकेट लिए।







प्रतिक्रिया