२२ माघ २०८२, बुधबार । February 4, 2026

एनपीएल सिजन–२ः उद्घाटन खेलमा जनकपुरले काठमाण्डुलाई दियो १३१ रनको चुनौती



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सले काठमाण्डु गोखार्जसामु १३१ रनको लक्ष्य दिएको छ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको अवसर पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन जोड्यो। जनकपुरका ओपनर आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै अर्थशतक प्रहार गरे। उनले ४१ बलमा ५४ रन बटुलेर टोलीको पारी सम्हाले।

अन्य ब्याट्सम्यानमध्ये लाहिरु मिलान्थाले ७ रन, कप्तान अनिलकुमार शाहले खाता नै नखोली शून्यमा आउट भए। जान निकोल लोफ्टी इन्टोन २ रनमा, सञ्जय कृष्णमूर्ति २ रनमा र लाहिरु सिमारकून २२ रन बनाए । अन्त्यतिर मयन यादवले ३४ रनको योगदान दिए भने रुपेश सिंह ४ रनमा अविजित रहँदा टोलीले १३० को स्कोर खडा गर्‍यो।

बलिङतर्फ जनकपुरका मिलिन्द कुमार निकै घातक बने। उनले ४ ओभरमा मात्र १५ रन खर्चेर ३ विकेट हात पारे। त्यस्तै करण केसी, शाहव आलम र सन्तोष यादवले एक–एक विकेट आफ्नो नाममा जोड्न सफल भए।

प्रकाशित मिति : २ मंसिर २०८२, सोमबार  ५ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल