७ चैत्र २०८२, शनिबार । March 21, 2026

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल


१० कार्तिक २०८२, आइतबार  

27
Shares

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा नेपालले निराशाजनक प्रदर्शन गर्दै अमेरिकासँग १०६ रनको हार बेहोरेको छ।

युएईमा भएको खेलमा टस जितेर बलिङ रोजेको नेपालले प्रतिस्पर्धात्मक प्रदर्शन गर्न सकेन। अमेरिकाले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २६२ रनको चुनौतीपूर्ण योगफल तयार पार्‍यो। अमेरिकी ब्याटर समित पटेलले उत्कृष्ट ७५ रनको पारी खेले भने मिलिन्द कुमारले ७० रनको योगदान दिए। सैतेजा मुक्कामुल्लाले पनि ४२ रन जोडे।

नेपालको तर्फबाट सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान एक–एक विकेट हात पारे। २६३ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको नेपाल ३९.१ ओभरमै १५६ रनमा अलआउट भयो। दीपेन्द्र सिंह ऐरीले ४० रनको संघर्षपूर्ण पारी खेले भने आरिफ शेखले ३७ र भीम सार्कीले २९ रन जोडे।

बाँकी खेलाडीहरू दोहोरो अंकमा पुग्न असफल भए। अमेरिकाका बलर हरमित सिंहले घातक प्रदर्शन गर्दै ६ विकेट लिँदै नेपाललाई सस्तैमा समेटे। शुभम रन्जाने र रुशिल उगरकरले क्रमशः २ र १ विकेट जोडे। यो जितसँगै अमेरिकाले ३० अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

स्कटल्यान्डसँग अंक बराबरी भए पनि रनरेटका कारण अमेरिका अग्रस्थानमा पुगेको हो। नेपाल भने १७ खेलमा १२ अंकसहित तल्लो स्थानतिर सीमित छ।

प्रकाशित मिति : १० कार्तिक २०८२, आइतबार  ६ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो