२२ माघ २०८२, बुधबार । February 4, 2026

विश्वकप लिग–२ः अमेरिकाविरुद्ध टस जितेर फिल्डिङमा नेपाल



काठमाडौं । यूएईमा जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको महत्त्वपूर्ण शृंखलामा आइतबार नेपालले बलियो प्रतिद्वन्द्वी अमेरिकाको सामना गर्दैछ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने उक्त खेलमा नेपाली टोलीले पहिले फिल्डिङ गर्ने भएको छ । नेपाली टोलीले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो । नेपाल र अमेरिकाबीच हालसम्म नौवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमध्ये नेपालले चार र अमेरिकाले चार खेलमा जीत हात पारेका छन् ।

एक खेल भने अनिर्णित रूपमा सकिएको छ । घरेलु मैदानमा अमेरिकाले तीन खेल जितेको छ भने नेपालले घरेलु मैदानमा खेलिएको दुई खेलमा अमेरिकालाई हराएको छ । ‘न्यूट्रल भेन्यू’ मा नेपालले दुई र अमेरिकाले एक खेल जितेका छन् । यूएईमा भने यी दुवै टोली पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।

शृंखलामा नेपाल र अमेरिकासँगै आयोजक यूएई पनि सहभागी छ । लिग–२ को जारी सिजनमा खेल्न लागिएको यो १५ औं शृंखला हो । नेपालले खेल्न लागेको भने यो पाँचौं शृंखला हो । लिग–२० शृंखलाको खेल ५० ओभरको हुन्छ । लिग–२ प्रतियोगितामा सहभागी आठवटै राष्ट्रले ३६–३६ खेल खेल्नेछन् ।

प्रत्येक टोलीले घरेलु मैदानमा तीन र विपक्षीको मैदानमा ६ वटा शृंखला खेल्नेछन् ।

प्रकाशित मिति : १० कार्तिक २०८२, आइतबार  ११ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल