काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट अन्तर्गतको सुपर सिक्स चरणमा नेपालले कतारलाई १४८ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रनको योगफल तयार पार्यो। नेपालका कप्तान रोहित पौडेल उत्कृष्ट फर्ममा देखिए र ५८ रनको सानदार पारी खेले। उनलाई समर्थन गर्दै उपकप्तान दिपेन्द्र सिंह ऐरीले २६ रन, र अन्त्यतिर गुलशन झाले ८ बलमा १६ रनको तिखो योगदान दिए।
अन्य ब्याटरमध्ये कुशल भुर्तेल ६, आसिफ सेख ११, कुशल मल्ल ८, मोहमद आदील २, सन्दीप जोरा १, सोमपाल कामि १४, र नन्दन यादव १ रनमा सीमित रहे।
बलिङतर्फ कतारका मिर्जा बैग र डेनियल अर्चर उत्कृष्ट प्रदर्शन गर्दै दुवैले ३–३ विकेट झारे।







प्रतिक्रिया