४ असार २०८३, बिहिबार । June 18, 2026

सुपर–६ भिडन्तः कतारविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल


२७ आश्विन २०८२, सोमबार  

6
Shares

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकपको एसिया–प्रशान्त क्षेत्रीय छनोट अन्तर्गत ‘सुपर–६’ चरणको आफ्नो दोश्रो खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कतारले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समय अनुसार, अहिले राति ८ः४५ बजे शुरू हुनेछ । आजको खेलमा विजयी भए नेपाली टोलीको तेस्रो पटक टी–२० विश्वकप खेल्ने सम्भावना निकै बलियो बन्नेछ । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा टी–२० विश्वकप खेलिसकेको छ ।

जारी प्रतियोगिताको ‘सुपर–६’ चरणमा चार अंकसहित नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा एक खेल बढी खेलेको आयोजक ओमान ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ ।

ओमानले सोमबार नै खेलिएको खेलमा बलियो प्रतिद्वन्द्वी यूएईलाई पाँच विकेटले हराउँदै आफ्नो अंक ६ पुर्‍याएको हो ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ८ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा