४ असार २०८३, बिहिबार । June 18, 2026

नेपाली उपभोक्ताको मन जित्दै जीली ईएक्स–५


२६ आश्विन २०८२, आइतबार  

9
Shares

काठमाडौं । हालसालै नेपाली बजारमा प्रवेश गरेको ईभि ब्राण्ड जिली इएक्स ५ ले नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ ।

नेपालमा सार्वजनिक भएको दुई महिनामा जिली इएक्स ५ म्याक्स र इएक्स ५ प्रो को गैरीधारास्थित शोरूममा ग्राहक तथा उपभोक्ताहरुको भीड लागीरहँदा गाडीको टेस्ट ड्राइभ, बुकिङ र खरिदमा उल्लेखनीय वृद्धि भएको कम्पनीको दाबी छ । काठमाडौं लगायत पोखरा र विराटनगरसम्मका उत्साही ग्राहकहरू गैरीधारा, शोरूममा स्वस्फूर्तरुपमा आएर जिली इएक्स ५ लाई प्रत्यक्ष रूपमा अनुभव गर्दा इएक्स ५ मोडलका स्मार्ट, आकर्षक र वातावरणमैत्री एसयूभी देखेर चकित परेका छन् ।

“हामीले सोचेभन्दा निकै राम्रो प्रतिक्रिया पाएका छौं,” एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले भने, “शोरूम बाहिर लाइन लागेका दृश्यहरू, रेकर्ड संख्यामा टेस्ट ड्राइभ दर्ता–यी सबैले देखाउँछ कि नेपालीहरू जिलीको ‘स्मार्ट र दिगो मोबिलिटी’ को दृष्टिकोणसँग गहिरो रूपमा जोडिएका छन्।” उनका अनुसार, टेस्ट ड्राइभमा सहभागी ग्राहकहरूले इएक्स ५ को स्मूथ परफर्मेन्स, र भविष्यकेन्द्रित डिजाइनको प्रशंसा गर्दै यसलाई ‘नेपालले कुरिरहेको ईभी’ को संज्ञा दिएका छन् ।

एलआरआर मोटर्सले हाल फोन र सामाजिक सञ्जालमार्फत परिवार, युवा, ब्यवसायी, पेशाकर्मी र ईभि पारखीहरूबाट अत्यधिक सोधपुछ र रुचि प्राप्त गरेको छ। धेरै ग्राहकहरूले इएक्स ५ को रेंञ्ज, विश्वसनीयता र आधुनिक सुविधाप्रति विश्वास व्यक्त गर्दै यसलाई २०२५ को सबैभन्दा चर्चित विद्युतीय एसयूभी मध्ये एकको उपमा दिएका छन् । “जिली इएक्स ५ प्रगतिशील सोच र आत्मविश्वासको प्रतीक हो,” एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले भने, “हामीले पाएको जिली इएक्स ५ प्रतिको उत्साह र स्विकार्यताले नेपाली उपभोक्ताहरुले उनीहरू जिली ग्रुपको गौरवपूर्ण इतिहाससँगै परिवर्तनको नेतृत्व गर्न उत्साहित रहेको देखाएको छ।” उच्च मागका कारण, एलआरआर मोटर्सले शोरूम समय विस्तार र थप टेस्ट ड्राइभको समय बढाएको घोषणा गरेको छ ।

हाल गैरिधारास्थित शोरूम बिहान ९ बजे देखि साँझ ८ बजेसम्म सञ्चालनमा छ । साथै शनिबार र सार्वजनिक बिदामा पनि खुला रहेको बताइएको छ । यो उत्साहलाई थप उचाइमा पु¥याउन, एलआरआर मोटर्सले आफ्ना ग्राहकहरूका लागि विशेष फेस्टिभ अफरहरू घोषणा गरेको छ ।

अफर अन्तर्गत नयाँ खरिदकर्ताहरूले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, सजिलो फाइनान्स सुविधा, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, थप बोनस र उपहार प्याक लगायतका लाभ प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ८ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा