१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

सुपर सिक्स भिडन्तः युएईविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल



काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) एकअर्काविरुद्ध मैदान उत्रिँदै छन्।

खेल ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा केही बेरमै सुरु हुँदैछ।

नेपालले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको नेपालले समूह चरणमा कुवेत र जापानलाई पराजित गरेको थियो। उता, समूह ‘ए’ विजेता युएईले कतार र मलेसियालाई हराउँदै यो चरणमा स्थान बनाएको हो।

दुवै टोली दुई–दुई अंकका साथ सुपर सिक्समा प्रवेश गरेका छन्। यस कारण आजको भिडन्त दुवैका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ, किनभने जित्ने टोलीको विश्वकप यात्रातर्फको बाटो थप सहज बन्नेछ।

नेपाल र युएईबीचको प्रतिस्पर्धा सधैं रोमाञ्चक रहँदै आएको छ। अघिल्लो विश्वकप छनोटमा नेपालले युएईलाई हराएर विश्वकपको टिकट काटेको थियो भने एसिया कप छनोटमा भने युएईले नेपालमाथि जित हात पारेको थियो।

हालसम्म यी दुई टोलीबीच १० खेल भएका छन्, जसमा दुवैले पाँच–पाँच जित बाँडेका छन्। त्यसैले आजको खेलले प्रतिद्वन्द्वीको मनोबल मात्र होइन, बराबरीको यो रेकर्ड तोड्ने गौरव पनि तय गर्नेछ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको