२२ माघ २०८२, बुधबार । February 4, 2026

सुपर सिक्स भिडन्तः युएईविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल



काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) एकअर्काविरुद्ध मैदान उत्रिँदै छन्।

खेल ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा केही बेरमै सुरु हुँदैछ।

नेपालले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको नेपालले समूह चरणमा कुवेत र जापानलाई पराजित गरेको थियो। उता, समूह ‘ए’ विजेता युएईले कतार र मलेसियालाई हराउँदै यो चरणमा स्थान बनाएको हो।

दुवै टोली दुई–दुई अंकका साथ सुपर सिक्समा प्रवेश गरेका छन्। यस कारण आजको भिडन्त दुवैका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ, किनभने जित्ने टोलीको विश्वकप यात्रातर्फको बाटो थप सहज बन्नेछ।

नेपाल र युएईबीचको प्रतिस्पर्धा सधैं रोमाञ्चक रहँदै आएको छ। अघिल्लो विश्वकप छनोटमा नेपालले युएईलाई हराएर विश्वकपको टिकट काटेको थियो भने एसिया कप छनोटमा भने युएईले नेपालमाथि जित हात पारेको थियो।

हालसम्म यी दुई टोलीबीच १० खेल भएका छन्, जसमा दुवैले पाँच–पाँच जित बाँडेका छन्। त्यसैले आजको खेलले प्रतिद्वन्द्वीको मनोबल मात्र होइन, बराबरीको यो रेकर्ड तोड्ने गौरव पनि तय गर्नेछ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल