काठमाडौं । आइसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक छनोटअन्तर्गतको महत्वपूर्ण भिडन्तमा नेपालले कुवेतविरुद्ध टस गुमाएर पहिले ब्याटिङ गर्ने अवसर पाएको छ।
बुधबार ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा टस जितेका कुवेती कप्तानले फिल्डिङ रोजेपछि अब नेपाली टोलीले ब्याटिङमार्फत आफ्नो अभियान सुरुवात गर्न लागेको हो।
विश्वकपमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालका लागि आजको खेल निर्णायक मानिएको छ। बलियो ब्याटिङ प्रदर्शनमार्फत कुवेतमाथि दबाब सिर्जना गर्दै ठूलो स्कोर बनाउने योजनासहित नेपाली टिम तयारी अवस्थामा छ।
खेल केही बेरमै सुरु हुँदैछ र सबैको नजर अब नेपालको ब्याटिङ प्रदर्शनमा केन्द्रित हुनेछ।







प्रतिक्रिया