२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, कति पुग्यो तोलामा ?


२१ आश्विन २०८२, मंगलबार  

42
Shares

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर २ लाख ३५ हजार ४ सय रुपैयाँमा पुगेको हो ।

यद्यपि, चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार एक तोला चाँदी २ हजार ९६० रुपैयाँमै कारोबार भएको थियो । गत आइतबार सुनको मूल्य २ लाख ३० हजार ६ सय रुपैयाँमा झरेको थियो भने चाँदी त्यही दिन प्रतितोला २ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच, अन्तरराष्ट्रिय बजारमा मंगलबार एक औँस (ounce) सुनको मूल्य ३ हजार ९६५ अमेरिकी डलरसम्म पुगेको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।

विशेषज्ञहरूका अनुसार हालको मूल्यवृद्धिमा विश्वव्यापी आर्थिक अनिश्चितता र अमेरिकी डलरको भाउमा आएको उतारचढावले पनि प्रभाव पारेको हो ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १२ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ