काठमाडौं । लगातारको वर्षासँगै खसेका पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड शनिबार बिहानदेखि अस्थायी रूपमा बन्द गरिएको छ।
प्रहरीको सूचनाअनुसार बिहान ६ बजेदेखि नै सो सडकमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो। प्रहरी प्रशासनले मौसममा सुधार नआउन्जेलसम्म सडक खण्ड सञ्चालन नहुने जनाउँदै यात्रु तथा चालकलाई अत्यावश्यक नभए यात्रा नगर्न आग्रह गरेको छ।
यस्तै, सडक डिभिजन भरतपुरले समेत निरन्तर वर्षा र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउन आग्रह गरेको छ। उता, काठमाडौँ–मुग्लिन सडक खण्डमा पनि वर्षाका कारण पटक–पटक पहिरो खस्दा यातायातमा अवरोध आइरहेको छ।
अहिले सडक आंशिक रूपमा सञ्चालन भए पनि जोखिम कायम नै रहेकाले सम्भव भएसम्म वैकल्पिक मार्ग रोज्न वा यात्रा स्थगित गर्न प्रहरी प्रशासनले अनुरोध गरेको छ।







प्रतिक्रिया