१६ जेष्ठ २०८३, शनिबार । May 30, 2026

महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै


९ भदौ २०८२, सोमबार  

78
Shares

काठमाडौं । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको छ।

यही भदौ २० गते शुक्रबार ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा कल्प सार्वजनिक हुनेछ । निकै निस्तेज भएको मानिएको नेपाली महाकाव्य विधालाई उचाइ दिनमा उनको योगदान विशेष र विशिष्ट मानिन्छ। उनले काव्यलाई बौद्धिक र प्राज्ञिकहरूको मात्रै साँघुरो कब्जाबाट बाहिर निकालेर जेनजी पुस्तासम्म पुर्याएका छन्। लोकप्रिय बनाएका छन् ।

विभिन्न स्कुल र कलेजका विद्यार्थीहरूसँग निरन्तर संवाद र सम्पर्कमा रहेका लम्साल आफैँले आफू भाइबहिनी पुस्ताले उठाएको कवि हुँ भन्दै आएका छन् । उनी युवालाई जति माया गर्छन् युवा पुस्ता पनि उनीसँग त्यति नै झुम्मिन्छन् पनि । विषयको समसामिकता, भाषिक सरलता तर त्यही सरलतामा उच्चस्तरको दार्शनिक चेतना उनका विशेषता हुन् ।

सांस्कृतिक चेतना र दार्शनिक रहस्यसँग समसामयिकतालाई अन्तरघुलन गर्न सक्नु उनको विशेष खुबी मानिन्छन्। यसअघि उनका कर्ण, धरा र अग्नि महाकाव्य प्रकाशित छन् ।

लेख्नैका लागि रेडियो नेपालको निर्देशक तहको जागिर छोडेर कल्प लेख्न कसिएका लम्सालले कल्पका लागि झण्डै पाँच वर्ष खर्चेका छन्। महाभारतका पात्र कर्णलाई नायकत्व दिएर लेखिएको कर्ण, देशको बहुलता र वैचारिक परम्परामाथि केन्द्रित धरा, आरनबाट उठेको सिपमा देशको इतिहास कुँदिएको अग्निपछि सार्वजनिक हुने कल्पलाई विशेष प्रतीक्षाका साथ हेरिएको छ।

कल्प शिखा बुक्सले प्रकाशन गरेको छ। शिखा बुक्सका पुष्पराज पौडेलका अनुसार कल्प वैश्विक चेतनाका साथु आएको छ। पौडेलले थपे, एउटा नेपाली कविले विश्वका महत्वपूर्ण घटनाक्रम र त्यसबाट मान्छेमाथि परेको प्रभाव कस्तो हुन्छ भनेर आँकलन गरेको यो गम्भीर काव्य हुनेछ । विषय, भाषा र शैलीका हिसाबले कल्प नयाँ हुनेछ भन्ने मेरो विश्वास छ ।

पौडेलका अनुसार यो पुस्तकले आजको विश्व समस्यामाथि बहस प्रारम्भ गर्नेछ । लम्साल समस्या र तिनका निदानहरूको काव्यिक बाटोसहित आएका छन्। कवि अध्ययनशील, बौद्धिक र शालीन मानिन्छन्। उनको अध्ययन र बौद्धिकता काव्यहरूमा देखिन्छ पनि । सूचना, समाचार र साहित्यिक कर्मका लागि रेडियो नेपालमा ३० वर्ष र बिबिसीमा १० वर्ष बिताएका लम्साल नेपाली रेडियो प्रसारणका मानक प्रसारक पनि हुन्।

विगत ४० वर्षदेखि गीत र कवितामै रमाइरहेका लम्सालको यो चौथो महाकाव्य र नवौं कृति हो।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ८ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था