काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य रूपमा घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० रुपैयाँले घटेर १ लाख ९५ हजार ५०० रुपैयाँमा झरेको छ। शुक्रबार भने यसको मूल्य १ लाख ९६ हजार २०० रुपैयाँ प्रतितोला थियो। यसैगरी, चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ।
शुक्रबार तोलाको २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २ हजार ३१० रुपैयाँमा झरेको महासंघले जनाएको छ।







प्रतिक्रिया