२२ बैशाख २०८३, मंगलबार । May 6, 2026

टप एण्ड टी-२० सिरिजमा नेपालको लगातार दोस्रो हार


३१ श्रावण २०८२, शनिबार  

33
Shares

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ ।

शनिबार भएको खेलमा नेपाल बंगलादेश ‘ए’सँग २९ रनले पराजित भयो । १८४ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो । नेपालका कुशल मल्लले उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा अविजित ५९ रनको अर्धशतक प्रहार गरे पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

बलिङतर्फ बंगलादेशका रकिबुल हसनले ३ विकेट लिए भने सेफ हसन, रिपोन मन्डल र मृत्युन्जय चौधरीले समान १–१ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेटको क्षतिमा १८३ रन जोडेको थियो । टोलीका ओपनर जिशाद आलमले आक्रामक खेल प्रस्तुत गर्दै ७१ रन बनाए भने अफिफ होसेन ४८ रनमा अविजित रहे ।

नेपालका लागि रिजन ढकालले २ विकेट लिन सफल भए भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले एक–एक विकेट लिए । यसअघि शुक्रबार भएको उद्घाटन खेलमा नेपाल एनटी स्ट्राइकसँग पराजित भएको थियो ।

अब नेपालले आगामी खेलमा मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ७ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट