काठमाडौं । नेप्से परिसूचक आज सामान्य अंकले वृद्धि भएको छ।
अघिल्लो दिनको तुलनामा २ दशमलव ६२ अंकले उकालो लाग्दै सूचकांक २,७८८ दशमलव ३६ विन्दुमा पुगेको हो। आजको कारोबारमा सहभागी १०८ कम्पनीको सेयरमूल्य बढेको छ भने १४१ कम्पनीको घटेको छ। कुल ७६ हजार ५४२ पटकको कारोबारमार्फत १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर हातेमालो भएको छ।
यसमार्फत करिब ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँको कारोबार सम्पन्न भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा उल्लेखनीय रूपमा बढेको छ। बुधबार ६ अर्ब १६ करोड रुपैयाँको कारोबार भए पनि आजको कारोबार रकम बढी भएको हो।
उपसमूहगत विवरण हेर्दा उत्पादन तथा प्रशोधन, विकास बैंक, लगानी, अन्य र व्यापार उपसमूहमा वृद्धि देखिएको छ भने बाँकी अधिकांश उपसमूहमा गिरावट आएको छ।







प्रतिक्रिया