काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ।
आइतबारको तुलनामा आज सुनको भाउ तोलामा १,१०० रुपैयाँले घटेर १ लाख ९८ हजार १ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार यो मूल्य १ लाख ९९ हजार २ सय रुपैयाँ थियो। चाँदीको मूल्य पनि ओरालो लागेको छ।
आइतबार तोलामा २ हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर २ हजार ३१५ रुपैयाँमा झरेको महासंघले जानकारी दिएको छ।







प्रतिक्रिया