काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, काँकडभिट्टाबाट दिक्तेलतर्फ गइरहेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार धरानस्थित विभिन्न अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया