काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको अन्तिम तथा तेस्रो खेलमा नेपाल आज सबल टोली उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ।
खेल दिउँसो १:४५ बजे थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा सुरु हुनेछ। उत्तर कोरिया यू–२० विश्वकप र एसियन कप दुवैमा उपाधि जितिसकेको बलियो टिम हो। यसअघि नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरेबियामाथि १–० को जीत हासिल गरेको थियो।
दोसरीतर्फ, उत्तर कोरियाले साउदी अरेबियालाई १५–० र भुटानलाई १०–० को फराकिलो अन्तरले हराएर अपराजित अग्रता बनाएको छ। नेपाल र उत्तर कोरिया यसअघि सन् २००४ मा (त्यतिबेला यू–१९ नाममा) एसियन कपमै आमनेसामने भएका थिए, जहाँ नेपाल १९–० ले पराजित भएको थियो।
प्रतियोगितामा प्रत्येक समूहको विजेता प्रत्यक्ष रूपमा एसियन कपमा प्रवेश गर्नेछ भने तीन उत्कृष्ट उपविजेता टोली पनि छनोट हुनेछन्। नेपाललाई अर्को चरणमा पुग्नका लागि आज उत्तर कोरियामाथि जित हात पार्नु अपरिहार्य छ।







प्रतिक्रिया