काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि चलिरहेको खेलाडी अक्सनमा रोचक प्रतिस्पर्धा देखिएको छ।
अक्सनको प्रारम्भमा सन्तोष कार्कीको नाम आएको भए पनि कुनै पनि टोलीले उनलाई किन्ने चासो देखाएन। तर, दोस्रो नम्बरमा क्याटागोरी ‘ए’ का ओपनर देव खनालको नाम खुल्दा स्थिति बदलियो। लुम्बिनी लायन्सले पहिलो बोली राखेपछि चितवन राइनोजले पनि प्रतिस्पर्धामा प्रवेश गर्यो। दुवै टोलीले लगातार बोली बढाउँदै अधिकतम सीमा १५ लाख रुपैयाँसम्म पुर्याए।
क्याटागोरी ‘ए’ खेलाडीका लागि तोकिएको सीमा १५ लाख रुपैयाँ मात्र भएकाले अन्तिम निर्णय लक्की ड्रमार्फत गर्नुपर्यो।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले चिट्ठा तान्दा भाग्य चितवन राइनोजको पक्षमा पर्यो र खनाल अन्ततः चितवनको खेलाडी बने।







प्रतिक्रिया