२२ बैशाख २०८३, मंगलबार । May 6, 2026

यू-२० महिला एशियन कप छनोट : साउदी अरेबियामाथि नेपालको शानदार जित


२३ श्रावण २०८२, शुक्रबार  

54
Shares

काठमाडौं । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोटमा नेपालले साउदी अरेबियामाथि रोमाञ्चक जित हात पारेको छ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा शुक्रबार भएको खेलमा नेपालले अन्तिम मिनेटमा आएको गोलको आधारमा १–० को जीत दर्ता गर्यो। निर्णायक गोल खेलको ९०औं मिनेटमा शुक्रिया मियाँले गरिन्। यसअघि, ३६औं मिनेटमा प्राप्त पेनाल्टीको मौका सदुपयोग गर्न नेपाल असफल रह्यो। मीना देउवाको प्रहार बारमा ठोक्किएपछि अग्रता लिने मौका गुमेको थियो।

यसअघि समूहको पहिलो खेलमा नेपालले घरेलु टोली भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो। अब समूह चरणको अन्तिम भिडन्तमा नेपालले आइतबार बलियो प्रतिद्वन्द्वी उत्तर कोरियासँग खेल्नेछ।

३२ राष्ट्र सहभागी रहेको यस छनोटमा आठ समूह बनाइएको छ। प्रत्येक समूहको विजेता र उत्कृष्ट तीन उपविजेता टोलीले २०२६ मा थाइल्यान्डमा हुने एएफसी २० वर्षमुनिको महिला एशियन कपमा स्थान पाउनेछन्।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ४ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट