काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपाल आज साउदी अरेबियाविरुद्ध मैदान उत्रिँदैछ।
खेल दिउँसो १:४५ बजे थिम्पुको चाङलिमिथाङ स्टेडियममा सुरु हुनेछ। यसअघि साँझको समयमा पहिलो खेल खेलेको नेपालले आज भने दिउँसोको समय पाएको छ। पहिलो खेलमा नेपालले घरेलु टोली भुटानसँग १-१ को बराबरी खेलेर अंक बाँडेको थियो। साउदी अरेबियाले भने आफ्नो सुरुवाती खेलमा उत्तर कोरियासँग १५-० को ठूलो अन्तरको हार बेहोरेको छ।
भुटानसँगको बराबरीले नेपालको समूहविजेता बन्ने लक्ष्यमा केही चुनौती थपेको छ। अझै बलियो मानिएको उत्तर कोरियासँग खेल बाँकी भएकाले नेपालका लागि साउदीविरुद्धको नतिजा निर्णायक मानिएको छ।
यस प्रतियोगितामा हरेक समूहको विजेता सीधा एसियन कपमा पुग्नेछन्, साथै उत्कृष्ट प्रदर्शन गर्ने दुई उपविजेताले पनि छनोट हुने अवसर पाउने नियम छ।







प्रतिक्रिया