१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

कक्षा १२ नतिजाः ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेडेड, अंग्रेजीमा सबैभन्दा बढी अनुत्तीर्ण


१९ श्रावण २०८२, सोमबार  

30
Shares

काठमाडौं । हालै सार्वजनिक भएको कक्षा १२ को परीक्षाफल अनुसार कुल ३८.८३ प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गर्न असफल भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार कुल ५ लाख ११ हजार ५२५ परीक्षार्थीमध्ये १ लाख ५३ हजार ८८२ जना ननग्रेडेड घोषित भएका हुन्। यस वर्षको परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थीले मात्रै ग्रेड प्राप्त गरेका छन्। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार सबैभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा अनुत्तीर्ण भएका छन्, जसले गर्दा समग्र परिणाममा गिरावट देखिएको हो।

जीपीए विवरण अनुसार:

  • ३.६१ देखि ४.०० : १३,५०२ विद्यार्थी
  • ३.२१ देखि ३.६० : ५५,८९६ विद्यार्थी
  • २.८१ देखि ३.२० : ९४,२६८ विद्यार्थी
  • २.४१ देखि २.८० : ६९,८१२ विद्यार्थी
  • २.०१ देखि २.४० : ८,९६४ विद्यार्थी
  • १.६१ देखि २.०० : २३ विद्यार्थी

गत वर्षको तुलनामा यस वर्षको नतिजा करिब ९ प्रतिशतले राम्रो देखिएको छ। अध्यक्ष शर्माका अनुसार विद्यार्थीको पढाइप्रतिको लगाव र अभिभावकहरूको सक्रियता नतिजा सुधारको प्रमुख कारण हो। बोर्डले ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते हुने जानकारी दिएको छ।

ननग्रेडेड विद्यार्थीका लागि यो पुनः अवसरको रूपमा रहेको छ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ७ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था