१ आश्विन २०८३, बिहिबार । September 18, 2026

च्याम्पियन फाइटर रविन्द्र ढाँट स्वदेश फर्किए, विमानस्थलमा भव्य स्वागत


१९ श्रावण २०८२, सोमबार  

15
Shares

काठमाडौं । भारतको चर्चित एमएमए प्रतियोगिता ‘म्याट्रिक्स फाइट नाइट’ मा नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले ऐतिहासिक सफलता हात पार्दै बान्टमवेट च्याम्पियनको उपाधि जितेका छन्।

शनिबार राति सम्पन्न फाइनल म्याचमा उनले भारतका डिफेन्डिङ च्याम्पियन चोङरेङ कोरेनलाई तेस्रो राउन्डको ५४ सेकेन्डमा नकआउट गर्दै उपाधि आफ्नो नाममा लेखाए। रविन्द्र बान्टमवेट बेल्ट जित्ने पहिलो नेपाली फाइटर बन्न सफल भएका छन्। भारतमा ऐतिहासिक जितपछि रविन्द्र स्वदेश फर्किए, जहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भव्य स्वागत गरियो। उनको यो गौरवपूर्ण जितले नेपाली खेलप्रेमीहरूलाई गहिरो उत्साह दिएको छ।

२६ वर्षीय ढाँटले खेलको सुरु देखिनै ‘दि इन्डियन राइनो’ उपनामले चिनिने कोरेनमाथि जबरजस्त दबाब बनाउँदै गए। उनको आक्रामक रेसलिङ, ग्राउन्ड गेम र पावर-प्याक्ड प्रहारहरूले कोरेन जस्ता अनुभवी खेलाडीलाई थाम्नै दिएन। यस जितसँगै रविन्द्रको प्रोफेसनल रेकर्ड ८–१ मा पुगेको छ। कोरेनको पाँच लगातार जितको यात्रालाई रोक्दै, उनले आफ्नो नवौं उपाधि जितेका हुन्।

सुदूरपश्चिमको बझाङ जिल्लामा जन्मिएका रविन्द्रलाई अब ‘बझाङको बाघ’ भनेर मात्र होइन, नेपालको अन्तर्राष्ट्रिय खेल धरातलमा चम्किँदो अनुहारका रूपमा पनि चिनिन थालिएको छ।

उनको यो कीर्तिमानी सफलता नेपाली एमएमए इतिहासमा कोसेढुङ्गा सावित भएको छ। रविन्द्रको आक्रामक फाइटिङ स्टाइल, उत्कृष्ट फिटनेस र बलियो मानसिकताले उनलाई आगामी दिनमा अझ ठूलो अन्तर्राष्ट्रिय सफलताको सम्भावना बोकेको खेलाडी बनाएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ६ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ