काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन तोलामा १४०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ थियो, जुन बुधबार बढेर १ लाख ९४ हजार ४०० रुपैयाँमा पुगेको हो। सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। मंगलबार तोलामा २ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १० रुपैयाँले बढेर २ हजार ३१० रुपैयाँमा पुगेको महासंघले जानकारी दिएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव र माग तथा आपूर्तिको अवस्थाका आधारमा दैनिक रूपमा मूल्य निर्धारण गर्दै आएको छ। आगामी दिनमा पनि मूल्यमा उतारचढाव आउने अनुमान गरिएको छ।







प्रतिक्रिया