१ कार्तिक २०८३, आइतबार । October 18, 2026

सामान्य घट्यो शेयर बजार, १९ अर्ब बढीको कारोबार


१२ श्रावण २०८२, सोमबार  

18
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार पनि गिरावट देखिएको छ।

बजार सूचक २.०७ अंकले घट्दै २९६२ अंकमा झरेको छ। दिनको अन्तिम १५ मिनेटमा भएको भारित औसत मूल्य समायोजनअघि बजार १२ अंकले उकालो लागेको भए पनि समायोजनपछि सूचक पुनः ओरालो लागेको हो। यसअघि आइतबार पनि नेप्से १८.४४ अंकले घटेको थियो।

बजार सोमबार खुल्नासाथ ओरालो लाग्न थालेको थियो र मध्यदिउँसो १२:३८ बजे सम्म आइपुग्दा सूचक २९१८ अंकसम्म झरेको थियो, जुन दिनको सबैभन्दा न्यून विन्दु रह्यो। यद्यपि त्यसपछि केही सुधार देखिए पनि अन्तिममा नेप्से रातो मै सीमित रह्यो। कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो दिन २६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने सोमबार त्यो घटेर १९ अर्ब ३६ करोड रुपैयाँमा सीमित भयो।

यसबिच, केही समूहले भने हरियाली देखाएका छन्। व्यापार समूह ३.२४ प्रतिशत र विकास बैंक समूह ३.०४ प्रतिशतले वृद्धि भए। फाइनान्स समूह २.७५ प्रतिशतले तथा उत्पादन तथा प्रशोधन समूह १.७१ प्रतिशतले बढेका छन्।

लगातारको उतारचढावबीच लगानीकर्ताहरू अझै पनि बजारको स्थायित्वको प्रतीक्षामा देखिएका छन्।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ३ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि