काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर १ लाख ९४ हजार ७०० रुपैयाँमा कायम भएको छ। यसअघि बिहीबार सोही प्रकारको सुनको मूल्य तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ रहेको थियो। सुनको मूल्य घटे पनि चाँदी भने केही महँगिएको छ।
बिहीबार तोलाको २ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५ रुपैयाँले बढेर २ हजार ३४० रुपैयाँमा पुगेको छ।







प्रतिक्रिया