काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको हो। बुधबार तोलाको मूल्य १ लाख ९७ हजार ६०० रुपैयाँ रहेको छापावाल सुन बिहीबार घटेर १ लाख ९५ हजार २०० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
त्यस्तै, प्रति १० ग्राम सुनको मूल्य बिहीबार १ लाख ६७ हजार ३३५ रुपैयाँमा कायम भएको छ। चाँदीको मूल्यमा समेत कमी आएको छ। बुधबार प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १५ रुपैयाँ घटेर २ हजार ३३५ रुपैयाँमा झरेको छ।
सुनचाँदीको यो घट्दो मूल्यले उपभोक्ताका लागि केही राहत दिने अनुमान गरिएको छ, तर व्यवसायीहरू भने बजारको उतारचढावप्रति सतर्क देखिन्छन्।







प्रतिक्रिया