२४ बैशाख २०८२, बुधबार । May 7, 2025

चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक



काठमाडौं । नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक भएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । खेलाडी राजकुमार राई अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ यसअघि बेलायत र क्यानडामा प्रदर्शन भइसकेको छ । नेपालमा भने पहिलो पटक फिल्म प्रदर्शनमा आउन लागेको हो । नेपालका विभिन्न स्थानका साथै विदेशी भूमिमा समेत छायांकन गरिएको चलचित्र एक्शन जनारामा निर्माण गरिएको छ । युवराज राई (वीरबहादुर) द्वारा निर्देशित यो फिल्म रवि थापा, धन लिम्बू र मिलन राईले निर्माण गरेका हुन् ।

एक गोरखा आर्मीको संघर्षलाई फिल्मको कथावस्तु बनाइएको छ । फिल्मको प्रश्तुकर्ता विजया राई हुन् । फिल्ममा राजकुमार राई, कमला खापुङ लिम्बू, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बू, सीमा राई, नरेन लिम्बू र पूर्ण लिम्बूले अभिनय गरेका छन् ।

कार्यक्रममा बोल्दै अभिनेता राजकुमार राईले फिल्ममा गोरखाली सेनाले उनीहरुको जीवनमा भोगेका पीडाहरुलाई देखाइएको बताए । उनले नेपालीहरुको कथावस्तुमा निर्माण भएका कारण पनि सबै नेपालीले चलचित्र हेर्नेमा आशावादी रहेको बताए । त्यस्तै कार्यक्रममा अभिनेत्री सेसुका राईले क्यानडा र बेलायतमा फिल्म रिजिल भएपनि आफूले फिल्म हर्न नपाएको बताईन ।

नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ नेपालमा भने मंसिर २३ गतेबाट रिलिज हुनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ३ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत-पाकिस्तान तनावः मोदीले रद्द गरे युरोप भ्रमण

एजेन्सी । पाकिस्तानमा भारतीय सेनाद्वारा गरिएका निशानात्मक कारबाहीपश्चात भारत–पाकिस्तानबीचको तनाव

भारत–पाकिस्तान तनावः भारततर्फ १० र पाकिस्तानतर्फ ३६ सर्वसाधारणको मृत्यु पुष्टि

एजेन्सी । गएरातिदेखि भारत–पाकिस्तान सीमा क्षेत्रमा चर्किएको तनावले ठूलो मानवीय

दुई महिनादेखि उडा ठप्प ! विमानस्थलको गेटमै चर्कियो आन्दोलन

रुपन्देही । पछिल्ला दुई महिनादेखि अन्तर्राष्ट्रिय उडान नहुँदा गौतम बुद्ध

आतंकवाद नरोकेसम्म पाकिस्तानसँग क्रिकेट खेल्न हुँदैनः गौतम गम्भीर

एजेन्सी । भारतका पूर्व क्रिकेटर तथा वर्तमान प्रशिक्षक गौतम गम्भीरले

युद्ध शुरु भएदेखि गाजामा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु

एजेन्सी । गाजामा जारी इजरायली आक्रमणले बालबालिकामाथि गम्भीर मानवीय संकट