काठमाडौं । मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले बढेर १ लाख ९५ हजार ५०० रुपैयाँ पुगेको छ। यसअघि सोमबार सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर अहिले २ हजार ३२० रुपैयाँमा पुगेको छ।
सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार २८५ रुपैयाँ रहेको थियो। नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको दरका आधारमा दैनिक रूपमा निर्धारण गरिन्छ।







प्रतिक्रिया