काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो। नयाँ मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा रु. १,९२,५०० पुगेको छ। चाँदीको मूल्य पनि वृद्धि भई तोलाको रु. २,२८० मा पुगेको छ।
यसअघि बिहीबार छापावाल सुनको मूल्य रु. १,९२,३०० र चाँदीको मूल्य रु. २,२६५ कायम थियो।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतार–चढावको प्रभाव नेपाली बजारमा पनि प्रत्यक्षरूपमा पर्ने गरेको छ।







प्रतिक्रिया