काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को सुरुवातसँगै नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ३२ गते, आर्थिक वर्ष २०८१/०८२ को अन्तिम दिनको तुलनामा साउन १ गते सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर १ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको हो। त्यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। बुधबार चाँदी प्रतितोला २ हजार २६० रुपैयाँमा कारोबार भएकोमा बिहीबारको दर अनुसार प्रतितोला २ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नयाँ वर्षसँगै सरकारले २ प्रतिशत विलासिता कर पनि लागू गरेको छ, जुन सुनचाँदी व्यवसायीहरूले विरोध गरिरहेका छन्। व्यवसायीहरूको भनाइमा उक्त करले बजारमा नकारात्मक असर पार्ने सम्भावना छ र उपभोक्ता मूल्यमा समेत यसको प्रभाव देखिन सक्नेछ।







प्रतिक्रिया