२९ चैत्र २०८२, आइतबार । April 12, 2026

नयाँ आर्थिक वर्ष सुरु: बजेट खर्चमा अघिल्लो वर्षको नतिजा निराशाजनक


१ श्रावण २०८२, बिहिबार  

9
Shares

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ आजदेखि औपचारिक रूपमा सुरु भएको छ।

आगामी वर्षका लागि सरकारले जेठ १५ गते संसदमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। सो बजेटअनुसार चालु खर्चका लागि ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत खर्चका लागि ४ खर्ब ८० अर्ब र वित्तीय व्यवस्थाका लागि ३ खर्ब ७५ अर्ब रुपैयाँ छुट्याइएको छ।

नयाँ आर्थिक वर्षसँगै सरकारले प्रस्ताव गरेका नयाँ कर दरमध्ये केही जेठ १५ बाट लागू भइसकेका थिए भने बाँकी सबै कर आजबाट कार्यान्वयनमा आएका छन्। यसैबीच, महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने सरकारले बजेट खर्चमा अपेक्षाकृत प्रगति गर्न सकेन।

१८ खर्ब ६० अर्ब रुपैयाँको बजेटमध्ये जम्मा १५ खर्ब २३ अर्ब १० करोड रुपैयाँ मात्र खर्च भएको देखिन्छ, जुन कुल बजेटको ८१.८७ प्रतिशत मात्र हो। पुँजीगत खर्च अझै पनि निराशाजनक देखिएको छ। तीन खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरिएको भए पनि खर्च मात्र दुई खर्ब २२ अर्ब रुपैयाँमा सीमित भयो, अर्थात् ६३.२ प्रतिशत मात्र खर्च भएको हो।

चालु खर्चतर्फ ८५.९५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८७.१४ प्रतिशत बजेट खर्च भएको उल्लेख गरिएको छ। आम्दानी र खर्चबीचको असन्तुलन अझै टड्कारो देखिएको छ।

सरकारको आम्दानीभन्दा खर्च झन्डै तीन खर्ब रुपैयाँले बढी देखिएको छ, जसको पूर्तिका लागि आन्तरिक तथा बाह्य स्रोतबाट ऋण लिनु परेको छ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  १० : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व