काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा १५ रुपैयाँको कमी आएको छ। महासंघले दिएको जानकारीअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा झरेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला २ हजार २६० रुपैयाँ निर्धारण गरिएको छ।
यसअघिको दिन अर्थात् मंगलबार छापावाल सुनको मूल्य १ लाख ९३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य २ हजार २७५ रुपैयाँ थियो।







प्रतिक्रिया