२२ बैशाख २०८३, मंगलबार । May 6, 2026

८ दिनपछि खुल्यो सुनचाँदी बजार, आज कतिमा हुँदैछ कारोबार ?


२७ असार २०८२, शुक्रबार  

48
Shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुन र चाँदीको मूल्य निर्धारण गरेको छ।

विलासिता करको विरोधमा जारी आन्दोलनका कारण असार १९ गतेदेखि मूल्य नतोकीएको महासंघले शुक्रबारबाट नयाँ मूल्य सूची सार्वजनिक गरेको हो। महासंघका अनुसार, शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो मूल्य निर्धारण भएको असार १९ मा यो १ लाख ९२ हजार १०० रुपैयाँ थियो। अर्थात्, आज सुनको मूल्य ३०० रुपैयाँले घटेको हो।

त्यस्तै, चाँदीको मूल्य भने तोलामा २ हजार २२० रुपैयाँ पुगेको छ, जुन असार १९ मा २ हजार १७० रुपैयाँ थियो। यस अनुसार चाँदीको मूल्य ५० रुपैयाँले बढेको हो।

सरकारसँग सहमति भएपछि आन्दोलन अन्त्य

विलासिता करको विरोधमा व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका सुनचाँदी व्यवसायीहरू बिहीबार सरकारले राखेको वार्तापछि आफ्नो व्यवसायमा फर्किएका छन्। अर्थ मन्त्रालयमा सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएपछि आन्दोलन स्थगन गरिएको हो।

सम्झौताअनुसार, विलासिताको परिभाषाभित्र राखिएको सुन तथा गरगहनाको विषयमा अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गरिनेछ। यसका लागि अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिनेछ। कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंक, महासंघ र सम्बन्धित समितिका पदाधिकारीहरू रहनेछन्।

कार्यदलको सचिवालय अर्थ मन्त्रालयकै राजस्व व्यवस्थापन महाशाखामा रहने सहमति भएको छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ११ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट