२२ माघ २०८२, बुधबार । February 4, 2026

सोमबार सेयर बजारमा गिरावट : नेप्से दोहोरो अंकले घट्यो



काठमाडौं । साताको दोस्रो कारोबारी दिन सोमबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ।

नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ विन्दुमा झरेको छ। अघिल्लो दिन आइतबार परिसूचक सानो वृद्धिसहित २७ सय विन्दु नजिक पुगेको थियो। यस गिरावटसँगै बजारमा कुल सेयर कारोबार रकम पनि घटेको देखिन्छ। सोमबार ३११ वटा स्क्रिप्सका १ करोड ९४ लाख १५ हजार ६८८ कित्ता सेयर किनबेच भएका छन्, जसबाट ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार १४७ रुपैयाँ बराबरको कारोबार भएको हो।

आइतबारको तुलनामा करिब १ अर्ब १३ करोडले कारोबार रकम घटेको हो। सोमबारको कारोबारमा कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलसम्म उक्लन सकेन। यद्यपि, माथिल्लो मैलुङ खोला जलविद्युत र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयर मूल्यमा झण्डै ६ प्रतिशतको वृद्धि देखिएको छ।

त्यस्तै, राप्ति हाइड्रोपावर एण्ड जनरल कन्ट्रक्सनका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन्, सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ। कारोबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो, जसको कारोबार ८० करोड रुपैयाँभन्दा बढीमा सम्पन्न भयो। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ४१ करोडको, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले २४ करोडको, साहस उर्जाले २० करोडको र नगदी ग्रुपले १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार गरे।

सोमबारको बजार विश्लेषण हेर्दा, कारोबारमा समावेश ३९ स्टकको मूल्य बढेको भए पनि २०९ स्टकको मूल्य घटेको छ। समग्रमा प्रायः समूहहरूमा गिरावट देखिएको छ भने फाइनान्स समूहको उपसूचकमा सबैभन्दा बढी, ३.७६ प्रतिशतको गिरावट आएको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ३ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल