४ असार २०८३, बिहिबार । June 18, 2026

एसीसी यू-१६ इस्ट जोन कप: मलेसियालाई हराउँदै नेपाल फाइनलमा


१९ असार २०८२, बिहिबार  

87
Shares

काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल यात्रा तय गरेको छ ।

बिहीबार सम्पन्न सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । पहिले ब्याटिङको मौका पाएको मलेसियाले नेपाली बलरहरूको धारिलो प्रदर्शनका कारण ४३.१ ओभरमा जम्मा ९० रनमै अलआउट भयो । मलेसियाका मुहम्मद फातुल मुइनले ३८ रनको योगदान दिएका थिए भने कप्तान दियाज पात्रोले १० रन जोडे ।

बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका तर्फबाट अभय यादवले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा १५ रन खर्चिएर ४ विकेट लिएका थिए । सुभम खनालले पनि १० ओभरमा ४ मेडन राख्दै १२ रनमा ३ विकेट झारे । कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले समान १-१ विकेट लिए ।

९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमै लक्ष्य भेट्टायो । परिमार्जन यादवले आक्रामक अर्धशतक प्रहार गर्दै ३५ बलमा अविजित ५९ रन बनाए भने शिवांश बजगाइले नटआउट २३ रनको योगदान दिए ।

अब नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा देखिएको नेपालको बलिङ तथा ब्याटिङ प्रदर्शनले उपाधिको बलियो दावेदारको रूपमा स्थापित गराएको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  १ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा