२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

एसीसी यू-१६ इस्ट जोन कप: मलेसियालाई हराउँदै नेपाल फाइनलमा



काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल यात्रा तय गरेको छ ।

बिहीबार सम्पन्न सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । पहिले ब्याटिङको मौका पाएको मलेसियाले नेपाली बलरहरूको धारिलो प्रदर्शनका कारण ४३.१ ओभरमा जम्मा ९० रनमै अलआउट भयो । मलेसियाका मुहम्मद फातुल मुइनले ३८ रनको योगदान दिएका थिए भने कप्तान दियाज पात्रोले १० रन जोडे ।

बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका तर्फबाट अभय यादवले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा १५ रन खर्चिएर ४ विकेट लिएका थिए । सुभम खनालले पनि १० ओभरमा ४ मेडन राख्दै १२ रनमा ३ विकेट झारे । कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले समान १-१ विकेट लिए ।

९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमै लक्ष्य भेट्टायो । परिमार्जन यादवले आक्रामक अर्धशतक प्रहार गर्दै ३५ बलमा अविजित ५९ रन बनाए भने शिवांश बजगाइले नटआउट २३ रनको योगदान दिए ।

अब नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा देखिएको नेपालको बलिङ तथा ब्याटिङ प्रदर्शनले उपाधिको बलियो दावेदारको रूपमा स्थापित गराएको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  १ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको