२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि ! कति पुग्यो लिटरमा ?


१७ असार २०८२, मंगलबार  

225
Shares

काठमाडौं । नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।

निगमको निर्णयअनुसार गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु ५ को वृद्धि गरिएको छ। त्यसैगरी, डिजेल र मट्टितेलको मूल्यमा पनि प्रतिलिटर रु ४ को वृद्धि गरिएको छ। नयाँ मूल्यसूचकअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर रु १६५ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १४९ कायम भएको छ।

नेपाल आयल निगमका अनुसार भारतीय आयल निगम (IOC) ले हालसालै पठाएको मूल्यअनुसार समायोजन गरिएको हो। यसका साथै, अन्तर्राष्ट्रिय हवाई इन्धन (एभिएसन टरबाइन फ्युल) को मूल्य पनि बढाइएको छ। अब उक्त इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको छ।

निगमले लागतअनुसार मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ भने उपभोक्ताहरूलाई मूल्यवृद्धिको असरको सामना गर्नुपर्ने अवस्था पुनः देखिएको छ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १० : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ