२२ माघ २०८२, बुधबार । February 4, 2026

चन्द्रपुरमा बस दुर्घटना, १० यात्रु घाइते



रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२ मा सोमबार बिहान भएको बस दुर्घटनामा १० यात्रु घाइते भएका छन्।

घाइतेमध्ये तीन जना नेपाली तथा सात जना भारतीय नागरिक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रौतहटले जनाएको छ। काठमाडौँबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२१६ नम्बरको यात्रुबाहक बस पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र ट्राफिक प्रहरीको संयुक्त टोलीले तत्काल घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। घाइतेहरूलाई चन्द्रपुरस्थित चपुर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ, जहाँ उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनापछि बसका चालक फरार रहेका छन् भने उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १० : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल