काठमाडौं । सिंगापुरमा जारी एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले सानदार प्रदर्शन गर्दै घरेलु टोली सिंगापुरलाई ६ विकेटले पराजित गरेको छ।
१३९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १६.३ ओभरमै लक्ष्य पूरा गर्दै सहज जित हासिल गर्यो। ओपनिङ ब्याट्सम्यान प्रसिद्ध जैसीको संयमित अर्धशतकले नेपालको जितमा मुख्य भूमिका निभायो। जसैले सुरुदेखि नै पारीलाई सम्हाल्दै अघि बढाएका थिए। उनले ९१ बलमा अर्धशतक पूरा गरे र अन्ततः ५५ रन बनाएर अविजित रहे। उनको धैर्यपूर्ण इनिङ्सले नेपाललाई लक्ष्यसम्म सहजै पुर्याउन मद्दत गर्यो।
नेपालको बलिङ र फिल्डिङ प्रदर्शन पनि प्रभावशाली रह्यो, जसको आधारमा सिंगापुरलाई १३९ रनमै रोक्न सफल भयो। यो जितसँगै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको छ। आगामी खेलहरूमा पनि नेपाली टिमले यस्तै लय कायम राख्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया