२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्यान्ड्सले नेपाललाई दियो १७५ रनको चुनौती



काठमाडौं । स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्धको खेलमा १७५ रनको लक्ष्य पाएको छ।

टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो। अब केहीबेरमै नेपालले जवाफी पारी थाल्नेछ। नेपाल आजको खेलमा लगातार दोस्रो जितको खोजीमा छ। मंगलबार सम्पन्न खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई २ विकेटले हराएको थियो। त्यसअघि सोमबार नेदरल्यान्ड्ससँगको रोमाञ्चक भिडन्तमा नेपाल तेस्रो सुपर ओभरमा पराजित भएको थियो।

यता नेदरल्यान्ड्सले सिरिजमा हालसम्म दुई जित दर्ता गरिसकेको छ। पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले हार बेहोरेको टोलीले त्यसपछिका दुई खेलमा पुनरागमन गर्दै नेपाललाई सुपर ओभरमा र स्कटल्यान्डलाई १७ रनले पराजित गरेको थियो।

नेपालका लागि आजको खेल महत्त्वपूर्ण रहनेछ, किनकि जितसँगै फाइनल स्थानको सम्भावना बलियो बन्न सक्छ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको