४ कार्तिक २०८३, बुधबार । October 21, 2026

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने उछाल


५ असार २०८२, बिहिबार  

39
Shares

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा उल्लेख्य गिरावट देखिएको छ।

नेप्से सूचक २४.७६ अंकले घट्दै २,६२८.९१ विन्दुमा आइपुगेको हो। सूचकमा गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ। बुधबार ९ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएकोमा बिहीबारको कारोबार ११ अर्ब रुपैयाँ नाघेको छ। बिहीबारको दिन ३१४ स्क्रिप्ट्सको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ११ अर्ब २३ करोड १४ लाख ८९ हजार ९६४ रुपैयाँ पुगेको छ।

उल्लेखनीय रूपमा, पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर ५.५५ प्रतिशतले उक्लिएको छ। तर, पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका सेयरमा १० प्रतिशतको भारी गिरावट आएको छ।

कारोबार रकमको आधारमा नगदी ग्रुप अग्रस्थानमा रहेको छ, जसको कारोबार मूल्य ८५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, बुटवल पावर कम्पनीको सेयरमा ५८ करोड, सिंगटी हाइड्रो इनर्जीमा ४७ करोड, सानिमा माइ हाइड्रोपावरमा ४२ करोड र राधी विद्युत कम्पनीको सेयरमा ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

कुल ४८ कम्पनीका सेयर मूल्यमा सुधार देखिए पनि २०१ कम्पनीका सेयर घटेका छन्। सबै समूहका उपसूचक राताम्मै देखिएका छन् भने ट्रेडिङ समूहको उपसूचकमा सबैभन्दा ठूलो २.४७ प्रतिशतको गिरावट आएको छ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ३ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि