२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

त्रिकोणात्मक टी-२० सिरिजः स्कटल्याण्डविरुद्ध नेपालको संघर्षपूर्ण जित



काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले घरेलु टोली स्कटल्याण्डविरुद्ध रोमाञ्चक जित हात पारेको छ।

स्कटल्याण्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका ओपनर कुशल भुर्तेलले ३० रनको महत्वपूर्ण योगदान दिए। उनले ३५ बलमा ४ चौका प्रहार गर्दै टोलीको आधार तयार गरे। बाँकी ब्याटरहरू खासै लामो समय टिक्न नसके पनि टिमले लक्ष्य पुरा गर्न सफल भयो।

अन्य ब्याट्सम्यानहरूमध्ये दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३, र किरण ठगुन्नाले १० रन बनाए। सन्दीप लामिछाने (१ रन) र करण केसी (३ रन) अविजित रहेर टिमलाई जितसम्म पुर्‍याए। स्कटल्याण्डका बलरमध्ये माइकल लिस्क र सफायान सरिफले समान दुई–दुई विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १९ ओभर ४ बलमा ९७ रनमा सीमित भयो। माइकल लिस्कबाहेक अन्य ब्याटर नेपाली बलिङको सामना गर्न असफल रहे। लिस्कले एक्लैले ४७ रनको लडाकु इनिङ खेले।

नेपालका लागि सन्दीप लामिछानेले घातक प्रदर्शन गरे। उनले ४ ओभरमा मात्र ११ रन खर्चेर ४ विकेट झारे। करण केसी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए भने ललित राजवंशीले एक विकेट हात पारे।

अब नेपालले शृङ्खलाको तेस्रो खेल नेदरल्यान्ड्ससँग बिहीबार खेल्नेछ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ११ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको