काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको अन्तर्गत आज (मंगलबार) नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
ग्लासगोस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ बजेबाट सुरु हुने कार्यक्रम रहेको छ । खेल सुरु हुनुअघि भएको टसमा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले टस जित्दै पहिला बलिङ गर्ने निर्णय गरेका छन् ।
नेपाल यसअघि सोमबार नेदरल्यान्डसँग भएको प्रतिस्पर्धामा सुपर ओभरमा पराजित भएको थियो, जसले टोलीमा दबाब थपिएको छ । आजको खेल जितेर नेपाल सिरिजमा पुनः लयमा फर्कन चाहन्छ ।







प्रतिक्रिया