४ आश्विन २०८३, आइतबार । September 20, 2026

एआईजी कार्कीको शब्दमा ‘गुन्यु चोली पटुकी’


३ असार २०८२, मंगलबार  

63
Shares

काठमाडौं । नेपाली संस्कृति र राष्ट्रिय पहिचानलाई उजागर गर्ने उद्देश्यले लिखिएको नयाँ गीत ‘गुन्यु चोली पटुकी’ सार्वजनिक गरिएको छ।

गीतका रचनाकार नेपाल प्रहरीका एआईजी दानबहादुर कार्की हुन्। गीतमा संगीतकार वसन्त सापकोटाको संगीत रहेको छ भने सुमधुर स्वर दिएकी छिन् बाल गायिका अनुजा कडरियाले। भिडियोमा बाल कलाकार आन्भी ओलीले अभिनय गरेकी छन्, जसले गीतको भावनालाई जीवन्त बनाएकी छिन्। गीतको निर्देशन किरन थापाले गरेका छन् भने छायांकन, सम्पादन र कलर ग्रेडिङको जिम्मा पवन सुस्लिङले सम्हालेका छन्।

एआईजी कार्कीका अनुसार यो गीत नयाँ पुस्तामा राष्ट्रप्रेम र सांस्कृतिक चेतना जगाउने उद्देश्यले तयार पारिएको हो। “गुन्यु, चोलो र पटुकी हाम्रो मौलिक पहिचानका प्रतीक हुन्,” उनले भने, “यी संस्कृति चिन्हहरू भावी पुस्ताले बिर्सिन नदिऔँ भनेर यो गीत लेखिएको हो।”

यसअघि प्रहरी प्रवक्ताका रूपमा कार्यरत रहँदा पनि एआईजी कार्कीले ‘दसैँ–तिहार’ बोलको गहकिलो र भावनात्मक गीत सार्वजनिक गरेका थिए, जसले धेरैको मन छोएको थियो।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली