२३ बैशाख २०८३, बुधबार । May 6, 2026

नेप्से सामान्य अंकले उकालो लाग्यो, होटल समूहमा लगानीकर्ताको जोश


२ असार २०८२, सोमबार  

9
Shares

काठमाडौं । नेपाली सेयर बजारमा सोमबार सामान्य सुधार देखिएको छ।

नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ विन्दुमा पुगेको हो। आजको कारोबारमा ३१८ कम्पनीका ३ करोड ३६ लाख ३३ हजार कित्ता सेयर किनबेच भएको छ, जसबाट कुल कारोबार रकम १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँ नाघेको छ। आजको बजारमा होटल तथा पर्यटन समूहमा लगानीकर्ताको उल्लेखनीय आकर्षण देखियो।

यो समूहको सूचकांक ४.६९ प्रतिशतले उकालो लागेको हो। यसै दिन दुई कम्पनीले सकारात्मक सर्किट लेभलमा कारोबार गरेका छन्, जसले समग्र बजारमा आशावाद फैलाएको छ। बैंकिङ, विकास बैंक, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, निर्जीवन बीमा र ट्रेडिङ समूहको सूचकमा सुधार आएको छ। तर, फाइनान्स, जलविद्युत्, लगानी, उत्पादनमूलक उद्योग र अन्य समूहको सूचक भने घटेको छ।

कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर शीर्ष स्थानमा देखिएको छ। कम्पनीको ९५ करोड १६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो। कारोबारमा ङादी ग्रुप पावर दोस्रो र बुटवल पावर कम्पनी तेस्रो स्थानमा रहेका छन्।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ३ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट