काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा कुनै परिवर्तन देखिएको छैन।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार निर्धारण भएको मूल्य सोमबार पनि कायम रहेको छ। महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमै स्थिर रहेको छ। यस्तै, चाँदीको मूल्य पनि तोलाको २ हजार १६५ रुपैयाँमै स्थिर छ।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा ठूला उतारचढाव नभएका कारण मूल्यमा स्थिरता देखिएको हो।







प्रतिक्रिया