४ असार २०८३, बिहिबार । June 18, 2026

४२ सयले बढ्यो सुनको भाउ, कति पुग्यो तोलामा ?


३० जेष्ठ २०८२, शुक्रबार  

648
Shares

काठमाडौं । मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार उकालो लागेसँगै नेपाली बजारमा समेत सुन चाँदीको भाउमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज शुक्रबार सुनको मूल्य तोलामा रु १,९७,१०० पुगेको छ। यो बिहीबारको तुलनामा रु ४,२०० ले बढी हो। यस्तै, चाँदीको मूल्यमा पनि रु १५ को वृद्धि भई तोलाको मूल्य रु २,१६५ मा कारोबार भइरहेको छ। गत मङ्गलबारसम्म एक तोला सुनको भाउ रु १,९०,००० रहेको थियो भने चाँदीको मूल्य सोही अनुसार रु २,१५० थियो।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च दरमा उकालो लागेको देखिएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज एक औँस सुनको मूल्य ३,४२७ अमेरिकी डलर पुगेको छ।

विशेषज्ञहरूका अनुसार विश्वव्यापी आर्थिक अनिश्चितता, मुद्रास्फीति, र भूराजनीतिक तनावका कारण लगानीकर्ताहरू सुनतर्फ आकर्षित भइरहेकाले मूल्यमा तीव्र वृद्धि भइरहेको हो।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ११ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा