४ कार्तिक २०८३, बुधबार । October 21, 2026

सुनको भाउ तोलामा १६ सयले बढ्यो, चाँदी सस्तियो


२९ जेष्ठ २०८२, बिहिबार  

132
Shares

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ भने चाँदीको भाउमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिनको तुलनामा १६ सय रुपैयाँले बढेको हो। मंगलबार प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन यसअघि वैशाख ९ गते हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो।

दोस्रोतर्फ, चाँदीको मूल्यमा भने गिरावट देखिएको छ। अघिल्लो दिनसम्मको उच्च मूल्य प्रतितोला २ हजार २६५ रुपैयाँ रहेको चाँदी आज २ हजार १ सय ५० रुपैयाँमा झरेको छ, जुन १५ रुपैयाँले घटेको हो।

यसरी आजको दिनमा सुन महँगिएको छ भने चाँदी केही सस्तो भएको देखिन्छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  १ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि