१ आश्विन २०८३, बिहिबार । September 18, 2026

बुधबार सुनको भाउ उकालो, चाँदी स्थिर


२८ जेष्ठ २०८२, बुधबार  

252
Shares

काठमाडौं । नेपाली सुन बजारमा बुधबार उल्लेख्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुन प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको हो। नवीन मूल्यअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ। मंगलबार यो मूल्य १ लाख ९० हजार रुपैयाँमा कायम रहेको थियो।

यसैबीच, चाँदीको मूल्य भने स्थिर देखिएको छ। अघिल्लो दिन तोलामा १ हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि उही मूल्यमै कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

सुनको भाउ बढ्दा गरगहना खरिद गर्ने उपभोक्ताका लागि केही थप भार पर्न सक्ने देखिएको छ भने चाँदीको मूल्य स्थिर रहनु सन्तोषजनक पक्ष हो।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  १० : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ