१ कार्तिक २०८३, आइतबार । October 19, 2026

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम भने घट्यो


२६ जेष्ठ २०८२, सोमबार  

42
Shares

काठमाडौं । सोमबारको दिन नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ।

नेप्से २३.१९ अंकले उकालो लागेर २६५३.०९ विन्दुमा पुगेर बन्द भएको हो। यद्यपि, परिसूचक उकालो लाग्दा पनि सेयर कारोबार रकम भने घटेको देखिएको छ। आइतबार ९ अर्ब १३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने सोमबार सोभन्दा कम अर्थात् ८ अर्ब ६८ करोड रुपैयाँको मात्र कारोबार भयो। यसअनुसार, कारोबार रकममा ४५ करोड रुपैयाँको गिरावट आएको हो।

यो दिन ३२४ वटा धितोपत्रका १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर किनबेच भएका थिए। कुल १९१ कम्पनीका सेयर मूल्यमा वृद्धि आएको छ भने ५६ कम्पनीको सेयर मूल्य घटेको छ। एक कम्पनीको मूल्य स्थिर रह्यो। चार कम्पनीमा सकारात्मक सर्किट लागेका छन्, जसमा NCHL, Ncell, मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर, र विन्ध्यवासिनी हाइड्रोपावर छन्। यिनीहरूको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो।

विपरीत, भूगोल इनर्जीको सेयर मूल्य ७.४७ प्रतिशतले घटेर ७२५ रुपैयाँ ५९ पैसामा झर्‍यो। मिथिला लघुवित्तको मूल्य ५.२३ प्रतिशतले घटेर १४६५ रुपैयाँ ८४ पैसामा कायम रह्यो। सबैभन्दा बढी कारोबार राधी विद्युतको सेयरमा भएको छ। कम्पनीको ८२६ रुपैयाँ प्रतिकित्तामा ६२ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो, जुन अघिल्लो दिनको तुलनामा ०.१९ प्रतिशतले वृद्धि हो।

यस्तै, कारोबारको हिसाबले दोस्रो स्थानमा युनिभर्सल पावर रह्यो, जसको ४७२ रुपैयाँ प्रतिकित्तामा ५४ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भयो। समूहगत परिसूचकको विश्लेषण गर्दा १३ समूहमध्ये होटल्स, जीवन बीमा, र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी १० समूहको परिसूचक उकालो लागेको छ।

सबैभन्दा धेरै वृद्धि अन्य समूहमा देखिएको छ, जसको परिसूचक २.६३ प्रतिशतले बढेको हो।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ३ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि